फागुन २०८२ सम्म दर्ता हुने उद्योगको संख्या ११ हजार १ सय ४० पुगेको छ ।
काठमाडौँ — चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभागमा ९ सय २१ नयाँ उद्योग दर्ता भएका छन् । यो दर्तासँगै फागुन २०८२ सम्म दर्ता हुने उद्योगको संख्या ११ हजार १ सय ४० पुगेको छ ।
बुधबार सार्वजनिक भएको आर्थिक सर्वेक्षणअनुसार दर्ता भएका यस्ता उद्योगबाट ७ लाख ८५ हजार रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । त्यस्तै फागुन २०८२ सम्म उद्योग विभागमा ७ हजार ९ सय २१ परियोजनाका लागि ६ खर्ब २५ अर्ब ५८ करोड रुपैयाँबराबरको विदेशी लगानी स्वीकृत भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
