अर्थमन्त्री स्वर्णिम वाग्लेले २०८३/०८४ को बजेट संसदमा प्रस्तुत गर्दै उनीहरुको व्यवस्थापन गरिने बताए ।
काठमाडौँ — सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने बताएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले २०८३/०८४ को बजेट संसदमा प्रस्तुत गर्दै भने, ‘भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाइनेछ ।'
