नयाँ सहर आयोजनालाई १ अर्ब ८३ करोड बजेट विनियोजन 

सहर निर्माण थालेको डेढ दशक बित्दा देखिने गरी प्रगति कुनै पनि सहरमा भएको छैन ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Budget allocation of Rs 1.83 billion for new city project

काठमाडौँ — मध्यपहाडी राजमार्ग आसपासका १२ स्थानमा पहिचानयुक्त सहर निर्माण गर्न जग्गा विकास र पूर्वाधार निर्माणको कार्यलाई निररन्तता दिन १ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन् ।

१० वटाबाट सुरु भएको नयाँ सहरको संख्या ५४ वटा पुर्‍याइएको छ । सहर निर्माण थालेको डेढ दशक बित्दा देखिने गरी प्रगति कुनै पनि सहरमा भएको छैन । अहिले सरकारले प्राथमिकीकरण गरेर १२ वटा सहरका लागि मात्र बजेट विनियोजन गरेको हो ।

बजेट ०८३/८४

कान्तिपुर

Link copied successfully