श्रम शोषणलाई आर्थिक अपराध मानिने

सरकारले श्रम शोषणलाई आर्थिक अपराधको रुपमा लिई कानुनी कारबाही गर्न कानुन बनाउने घोषणा गरेको छ ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Labor exploitation is considered an economic crime.

काठमाडौँ — श्रमिक र रोजगारदाता अनिवार्य रुपमा श्रम रजिष्ट्रिमा आबद्ध गरिने

सरकारले श्रम शोषणलाई आर्थिक अपराधको रुपमा लिई कानुनी कारबाही गर्न कानुन बनाउने घोषणा गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार बजेट पेस गर्दै पुस मसान्तभित्र श्रम न्यायाधीकरणमार्फत श्रम विवादको शीघ्र समाधान गर्ने बताए । ‘श्रम सम्झौताको उल्लंघन, ज्याला ठगी तथा श्रम शोषणलाई आर्थिक अपराधसरह कानुनी प्रणालीमा ल्याउन कानुन बनाइनेछ,’ उनले भने ।

उनले श्रमिक र रोजगारदाता अनिवार्य रुपमा श्रम रजिष्ट्रिमा आबद्ध हुने व्यवस्था गर्ने बताए । ‘यसबाट सुरक्षा गार्ड र घरायसी कामदारको अतिरिक्त निर्माण, कृषि, ढुवानी तथा औद्योगिक श्रमिक आपूर्ति गर्न इजाजत संस्थाले प्रदान गर्ने बिमा, ज्यालालाई बैंकमार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गरिने व्यवस्था मिलाएको छ,’ उनले भने ।

उनले कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति तथा बिमा दाबी प्रणाली थप प्रभावकारी बनाउने बताए । ‘अनौपचारिक र असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्न विशेष अभियान सञ्चालन गर्नेछौं,’ उनले भने ।

कान्तिपुर

Link copied successfully