यो आयोजनाको पानी मेलम्ची खानेपानीको मुहानमा पथान्तरण हुने उल्लेख छ ।
काठमाडौँ — सरकारले मेलम्ची खानेपानी आयोजनापछि सिन्धुपाल्चोक हेलम्बुको याङग्री र लार्केबाट काठमाडौंमा खानेपानी ल्याउन अध्ययन सम्पन्न गर्ने बताएको छ । यो आयोजनाको पानी मेलम्ची खानेपानीको मुहानमा पथान्तरण हुने उल्लेख छ । जसले गर्दा काठमाडौंमा अहिलको भन्दा दोब्बर पानी आउने दाबी गरिदै आएको छ ।
यो योजना धेरै वर्षदेखि बजेटमा अटाउने तर सम्पन्न नहुने हुँदै आएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आज बजेट प्रस्तुत गर्दै यस पटक यो योजना अध्ययन सम्पन्न गर्ने दाबी गरेका छन् ।
