काठमाडौं-तराई मधेश द्रुतमार्गलाई १७ अर्ब ६४ करोड बजेट 

नेपाली सेनाको व्यवस्थापनमा निर्माण थालिएको द्रुतमार्गको निर्माण प्रगति ४८ प्रतिशत छ ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Budget of Rs 17.64 billion for Kathmandu-Terai Madhes Expressway

काठमाडौँ — काठमाडौं तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा आगामी वर्षमा ४० वटा पुल र ५.४ किमिको सुरुङ निर्माण सम्पन्न हुने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन् ।

यस आयोजनाका लागि आगामी आर्थिक वर्षका लागि १७ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आवमा यसका लागि २४ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

२०७४ जेठमा नेपाली सेनाको व्यवस्थापनमा निर्माण थालिएको द्रुतमार्गको निर्माण प्रगति ४८ प्रतिशत र समयावधि २०८३ चैत सम्म छ ।   

बजेट ०८३/८४

कान्तिपुर

Link copied successfully