१२ सय मेगावाटको बुढीगण्डकी अब प्राधिकरण मोडलमा

आयोजनाको मुआब्जा वितरण लगायतमा सरकारले ४६ अर्ब रुपैयाँ खर्च गरिसकेको छ ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

1,200 MW Budhi Gandaki now under authority model

काठमाडौँ — सरकारले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना अधिकार सम्पन्न प्राधिकरण मोडलमा निर्माण कार्य अघि बढाउने भएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुतिका क्रममा यस्तो बताएका हुन् । चालु आर्थिक वर्षको बजेट ल्याउँदै तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलमा बनाइने बताएका थिए । आयोजनाको मुआब्जा वितरण लगायतमा सरकारले ४६ अर्ब रुपैयाँ खर्च गरिसकेको छ ।

प्रवर्द्धक कम्पनीले आयोजनाको लगानी मोडालिटी टुंगिएसँगै निर्माणपूर्वको काम अघि बढाइसकेको छ । 

कान्तिपुर

Link copied successfully