प्रमुख ८ सहरमा आधुनिक क्रिकेट रंगशाला बनाउने सरकारको घोषणा

विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा २ हजार क्षमताको इन्डोर मल्टिप्रपोज स्टेडियम अगामी ३ वर्षभित्र निर्माण गरिने अर्थमन्त्री वाग्लेको घोषणा छ ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Government announces plans to build modern cricket stadiums in 8 major cities

काठमाडौँ — सरकारले प्रमुख ८ सहरमा आधुनिक क्रिकेट रंगशाला बनाउने भएको छ । शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी वर्षको बजेट प्रस्तुत गर्दै  ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने घोषणा गरेका हुन् । 

विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा २ हजार क्षमताको इन्डोर मल्टिप्रपोज स्टेडियम अगामी ३ वर्षभित्र निर्माण गरिने अर्थमन्त्री वाग्लेको घोषणा छ । 

मूलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशालाको डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully