अर्थमन्त्री वाग्लेले हेटौंडामा २.५ मेगावाट ग्रिन हाइड्रोजन प्लान्टलाई पाइलट प्रोजेक्टका रुपमा अघि सार्ने बताएका छन् ।
काठमाडौँ — सरकारले ऊर्जा उत्पादन प्रसारण र वितरणलाइन निर्माण गर्न ८५ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दृ उक्त बजेट विनियोजन गरेको जानकारी गराएका हुन् ।
उनले निर्माणाधीन प्रसारणलाइन तथा सवस्टेशन सम्पन्न गर्न ७० अर्ब विनियोजन गरेको समेत बताए ।
अर्थमन्त्री वाग्लेले हेटौंडामा २.५ मेगावाट ग्रिन हाइड्रोजन प्लान्टलाई पाइलट प्रोजेक्टका रुपमा अघि सार्ने बताएका छन् । सुख्खायामको पीक आवरमा हुने बिजुली अभावलाई सम्बोधन गर्न काठमाडौंमा १०० मेगावाटको ब्याट्री इर्नजी स्टोरेज प्रोजेक्टको सुरुवात गर्ने समेत बताए ।
सरकारले १२० मेगावाटको तनहुँ जलशाययुक्त आयोजना, माथिल्लो मोदी ए, माथिल्लो मोदी, माथिल्लो त्रिशुली ३ बी, बुढीगंगा आयोजनालाई तीव्रता दिने जनाएको छ ।
१०६१ मेगावाटको माथिल्लो अरुण, उत्तरगंगा, चैनपुर सेती, तामाकोशी ५, घुन्सा खोलाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया सुरु गर्ने वाग्लेले बताए ।
कर्मचारी सञ्चय कोषको सञ्चयकर्तासमेतको लगानीमा ४३९ मेगावाटको बेतन कर्णाली निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्ने उनले बताए ।
