आगामी वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान

आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने तथा मूल्यवृद्धिदर ६ प्रतिशतभित्र सीमित रहने अर्थमन्त्री वाग्लेको भनाइ

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Economic growth expected to reach 7 percent next year

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ । शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो विश्वास व्यक्त गरेका हुन् । 

बजेट कार्यान्वयनका लागि सघाउ पुर्‍याउने गरी मौद्रिक नीति जारी हुने पनि अर्थमन्त्री वाग्लेको भनाइ छ ।  अर्थमन्त्री वाग्लेले भने,‘आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने तथा मूल्यवृद्धिदर ६ प्रतिशतभित्र सीमित रहने विश्वास लिएको छु । बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा सघाउन पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुनेछ ।’

बजेट ०८३/८४

कान्तिपुर

Link copied successfully