वृद्धभत्ता र पाउने उमेर यथावत 

आर्थिक वर्ष २०५२/५३ को बजेटमार्फत सरकारले ‘ज्येष्ठ नागरिकलाई वृद्धभत्ता’ कार्यक्रम लागू गरेको हो । त्यसबेला ज्येष्ठ नागरिकलाई प्रतिमहिना १०० रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Old age allowance and eligibility age remain unchanged.

काठमाडौँ — सामाजिक सुरक्षाअन्तर्गत सरकारले प्रदान गर्दै आएको वृद्धभत्ता यथावत रहने भएको छ । यसअघि वृद्धभत्ता र उमेर बढ्ने चर्चा भए पनि सरकारले कुनै फेरबदल नगरेको हो । 

हाल एकल महिला र कर्णाली क्षेत्रका ज्येष्ठ नागरिकलाई ६५ वर्ष र अन्यलाई ७० वर्षका ज्येष्ठ नागरिकलाई मासिक ४ हजार वृद्धभत्ता दिइँदै आएको छ । आर्थिक वर्ष २०५२/५३ को बजेटमार्फत सरकारले ‘ज्येष्ठ नागरिकलाई वृद्धभत्ता’ कार्यक्रम लागू गरेको हो । त्यसबेला ज्येष्ठ नागरिकलाई प्रतिमहिना १०० रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो । 

यसअघि सरकारले गठन गरेको ‘सुशासन मार्गचित्र समिति’ले वृद्धभत्ता पाउने न्यूनतम उमेर ७५ वर्ष पुर्‍याउन सिफारिस गरेको थियो ।

बजेट ०८३/८४

कान्तिपुर

Link copied successfully