पुष्पलाल (मध्यपहाडी) राजमार्गले जोड्ने १० वटा सहरबाट छानेर यसको निर्माण सुरू गरिएको थियो । अहिले सहरको संख्या बढाएर ५४ वटा पुर्याइएको छ ।
काठमाडौँ — आर्थिक सर्वेक्षण २०८२/८३ ले नयाँ सहर आयोजना निर्माण सुरू भएको डेढ दशकमा ३४ किलोमिटर कालोपत्र सडक निर्माण भएको उल्लेख गरेको छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्गले जोड्ने १० वटा सहरबाट छानेर यसको निर्माण सुरू गरिएको थियो । अहिले सहरको संख्या बढाएर ५४ वटा पुर्याइएको छ ।
यस्ता सडकमा बजेट अभावका रण कामले गति लिन सकेको छैन । फागुन २०८२ सम्म ५१ किमि सडक ढलान गरिएको छ । बुधबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणअनुसार १ सय ६८ किलोमिटर ढल र नाला निर्माण गरिएको छ ।
२०६७/६८ मा प्रत्येक विकास क्षेत्रका दुई–दुई सहर छानेर नयाँ सहर निर्माण सुरू गरिएको हो । सुरूमा १० वटा सहर बनाउन २० वर्षमा साढे ३ खर्ब लाग्ने सरकारको अनुमान थियो । अहिलेसम्म १० सहरमा ८ अर्ब २९ करोड ९० लाख खर्च भइसकेको छ । सुरुमा मध्यपहाडी राजमार्गअन्तर्गत १० वटा सहर फिदिम (पाँचथर), वसन्तपुर (तेह्रथुम), खुर्कोट (सिन्धुली), बैरेनी–गल्छी (धादिङ), डुम्रे–भन्सार (तनहुँ), बुर्तिबाङ (बागलुङ), चौरजहारी (रुकुम), राकम–कर्णाली (दैलेख), साँफेबगर (अछाम), पाटन (बैतडी) छन् । यही मार्गमा पर्ने दुई सहर भेरीगंगा (सुर्खेत) र भिंग्री (प्यूठान) थपिएका हुन् ।
५४ मध्ये १२ वटामा केन्द्रित भएर काम भइरहेको नयाँ सहर आयोजना समन्वय कार्यालयले जनाएको छ । अहिले आयोजना कार्यालय यिनै सहरमा केन्द्रित भएको छ ।
