काठमाडौँ — फागुन २०८२ सम्म कुल विद्युत् जडित क्षमता ४ हजार १ सय ५ मेगावाट पुगेको छ ।
बुधबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८२/२०८३ अनुसार राष्ट्रिय प्रसारण लाइन ७ हजार २ सय ८० सर्किट किलोमिटर पुगेको छ । यस अवधिमा ९९.१ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।