४५ संस्थानमध्ये २७ नाफामा, १६ घाटामा 

अघिल्लो आर्थिक वर्षमा २८ वटा नाफामा, १५ वटा नोक्सानीमा र २ वटा बन्द अवस्थामा रहेका थिए ।

जेष्ठ १३, २०८३

कान्तिपुर संवाददाता

Out of 45 institutions, 27 are in profit, 16 are in loss.

काठमाडौँ — आर्थिक वर्ष २०८१/८२ मा अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा रहेका छन् भने १६ नोक्सानीमा र २ बन्द अवस्थामा रहेका छन् । 

अर्थमन्त्री अर्थमन्त्री स्वर्णिम वाग्ले बुधबार पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणमा यस्तो उल्लेख गरिएको छ।

अघिल्लो आर्थिक वर्षमा २८ वटा नाफामा, १५ वटा नोक्सानीमा र २ वटा बन्द अवस्थामा रहेका थिए । 

२०८२ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड गरी कुल ७ खर्ब ९८ अर्ब ५६ करोड रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully