निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशतले बढेर ५७ खर्ब ४१ अर्ब २४ करोड रुपैयाँ पुगेको आर्थिक सर्वेक्षणले देखाएको छ ।
काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहे पनि निजी क्षेत्रतर्फको कर्जा प्रवाह सुस्त रहेको छ । बुधबार सार्वजनिक भएको आर्थिक सर्वेक्षणअनुसार २०८२/८३ मा गत फागुनसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ६.६४ प्रतिशतले बढेर ७७ खर्ब ४५ अर्ब ८८ करोड पुगेको छ ।
सोही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशतले बढेर ५७ खर्ब ४१ अर्ब २४ करोड रुपैयाँ पुगेको आर्थिक सर्वेक्षणले देखाएको छ ।
