नेपालमा ५० लाखभन्दा बढी मोटरसाइकल दर्ता

फागुन २०८२ सम्म दर्ता हुने सवारी साधनको संख्या ६२ लाख ४९ हजार ७ सय ३२ पुगेको छ

जेष्ठ १३, २०८३

कान्तिपुर संवाददाता

More than 5 million motorcycles registered in Nepal

काठमाडौँ — आर्थिक वर्ष २०८२-८३ को फागुनसम्म बस,मिनीबस,ट्रक,माइक्रो बस, कार,मोटरसाइकलसहित २ लाख ८१ हजार ९ सय २१ यातायातका साधन दर्ता भएका छन् । 

फागुन २०८२ सम्म यसरी दर्ता हुने सवारी साधनको संख्या ६२ लाख ४९ हजार ७ सय ३२ पुगेको छ । दर्ता भएका सवारी साधनमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल रहेको बुधबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

कान्तिपुर

Link copied successfully