मोबाइल टेलिफोन ग्राहकको घनत्व १०३.२ प्रतिशत र इन्टरनेट ग्राहकको घनत्व १४५.७ प्रतिशत पुगेको छ ।
काठमाडौं — २०८२ फागुनसम्म नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ९४ लाख र इन्टरनेट बैंकिङ प्रयोगकर्ता २३ लाख ७४ हजार पुगेको छ । आज सार्वजनिक भएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले उक्त विवरण देखाएको हो ।
क्युआर कोडमा आधारित कारोबार वृद्धि भई १ खर्ब २५ अर्बभन्दा बढी पुगेको सर्वेक्षणमा उल्लेख छ । विद्युतीय भुक्तानीका लागि ८ भुक्तानी प्रणाली सञ्चालक र २१ भुक्तानी सेवा प्रदायक संस्थाहरू सञ्चालनमा छन् ।
देशभरका १३५ मालपोत कार्यालयहरूमा अनलाइन प्रणाली लागु भएको र ११४ कार्यालयहरूमा सेवाग्राहीले जुनसुकै स्थानबाट अनलाइनमार्फत जग्गा कारोबारको लिखतसम्बन्धी कार्य गर्न सक्ने सर्वेक्षणमा भनिएको छ ।
मोबाइल टेलिफोन ग्राहकको घनत्व १०३.२ प्रतिशत र इन्टरनेट ग्राहकको घनत्व १४५.७ प्रतिशत पुगेको छ । फोरजी सेवाको पहुँच ८९.६ प्रतिशत जनसंख्यामा पुगेको छ भने डिजिटल टेलिभिजनको पहुँच ८२.० प्रतिशत घरधुरीमा पुगेको सर्वेक्षणमा उल्लेख छ ।
