९ महिनामा ४ सय १३ किमि सडक कालोपत्र 

बुधबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार फागुन २०८२ सम्म कुल २० हजार ४ सय ५६ किमि सडक कालोपत्र भएको छ ।

जेष्ठ १३, २०८३

कान्तिपुर संवाददाता

413 km of roads blacktopped in 9 months

काठमाडौँ — चालु आर्थिक वर्षको फागुनसम्म ४ सय ५६ किलोमिटर नयाँ कालोपत्र सडक निर्माण भएको छ । बुधबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार फागुन २०८२ सम्म कुल २० हजार ४ सय ५६ किमि सडक कालोपत्र भएको छ ।

त्यस्तै ७ हजार ६ सय २ किलोमिटर ग्रावेल र ८ हजार ७ सय ४८ किमि कच्ची सडक निर्माण भएको छ । जसअनुसार सडकको लम्बाइ ३६ हजार ८ सय ६ किमि पुगेको छ । जबकि असार २०८२ सम्म २० हजार ४३ किमि कालोपत्र, ७ हजार ५ सय ११ किमि ग्राभेल र ८ हजार ६ सय ७२ किमि कच्ची सडकसहित सडकको लम्बाइ ३६ हजार २ सय २६ किमि रहेको थियो ।

९ महिनामा ७ किलोमिटर मात्र सडक विस्तार  

स्थानीय पूर्वाधारअन्तर्गत ९ महिनामा ७ किलोमिटर मात्र सडक विस्तार भएको छ । असार २०८२ देखि फागुन २०८२ सम्म जम्मा ७ किमि सडक विस्तार भएको बुधबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८२/०८३ मा उल्लेख छ । असार २०८२ सम्म ६८ हजार ९३ किमि सडक विस्तार भएको थियो ।

चालु आर्थिक वर्षको फागुनसम्म थप ७ किमि विस्तार भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । योसहित ६८ हजार १ सय किमि सडक विस्तार भएको सर्वेक्षणमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully