कृषियोग्य जमिनको ४४.६ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

नेपालको कुल भू–भागको ४६.०८ प्रतिशत क्षेत्र वनले ढाकेको छ ।

जेष्ठ १३, २०८३

कान्तिपुर संवाददाता

Irrigation facilities are available in only 44.6 percent of the agricultural land.

काठमाडौँ — नेपालमा सिँचाइ सुविधा विस्तार हुँदै गएको आर्थिक सर्वेक्षणले देखाएको छ । २०८२ फागुनसम्म कृषियोग्य जमिनको ४४.६ प्रतिशतमा सिँचाइ पुगेको छ भने कुल सिँचाइयोग्य जमिनको ६२.६ प्रतिशत जमिनमा सिँचाइ सुविधा विस्तार भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

सो अवधिमा वन क्षेत्र पनि विस्तार हुँदै गएको छ । नेपालको कुल भू–भागको ४६.०८ प्रतिशत क्षेत्र वनले ढाकेको छ । विश्वको कुल भू–भागको ३२.० प्रतिशत (४.१४ अर्ब हेक्टर) भू–भाग वनले ढाकेको सर्वेक्षणमा उल्लेख छ । 

भूमिसुधारअन्तर्गत १३५ मालपोत कार्यालयमा अनलाइन प्रणाली लागू भएको छ। विभिन्न ११४ भूमिसुधार तथा मालपोत कार्यालयमा सेवाग्राहीले जुनसुकै स्थानबाट अनलाइन प्रविधिमार्फत जग्गा कारोबारको लिखतसम्बन्धी कार्य गर्नसक्ने प्रणाली सञ्चालनमा छ ।

कान्तिपुर

Link copied successfully