८ भन्सार र २२ वटा राजस्व कार्यालयमा क्षति (सूचीसहित) 

भन्सार विभागका अनुसार मेची भन्सार, भद्रपुर भन्सार, कैलाली भन्सार र जनकपुर भन्सार कार्यालयमा पूर्ण रुपमा क्षति भएको छ ।

भाद्र २७, २०८२

काठमाडौं —
प्रर्दशनमा मुलुकभर आठ वटा भन्सार कार्यालय र १८ वटा राजस्व कार्यालयमा क्षति भएको छ । भन्सार विभागका अनुसार मेची भन्सार, भद्रपुर भन्सार, कैलाली भन्सार र जनकपुर भन्सार कार्यालयमा पूर्ण रुपमा क्षति भएको छ ।

यस्तै, विराटनगर भन्सार, नेपालगञ्ज भन्सार, भैरहवा भन्सार र ठाडी भन्सार कार्यालयमा आंशिक क्षति भएको विभागले जनाएको छ । यद्यपिको कति रकम बराबरको क्षति भएको विवरण आइनसकेको स्रोतको भनाइ छ । यद्यपि बाँकी भन्सार कार्यालयहरुमा आज पनि भन्सार जाँचपासको काम भइरहेको स्रोतको भनाइ छ ।





प्रर्दशनका क्रममा १८ वटा आन्तरिक राजस्व कार्यालयहरु तोडफोड तथा आगजनी भएको राजस्व विभाग स्रोतले बताएको छ । जसअनुसार दमक, इटहरी, विराटनगर, लाहान, जनकपुर, सिमरा, हेटौडा, विरगञ्ज, वुटवल, भैरहवा, नेपालगञ्ज, जनकपुर, सिमरा, हेटौडा, दाङ, धनगढी डढेल्धुरा र पोखरा १८ वटा पूर्ण रुपमा ध्वस्त भएको छ ।



प्रर्दशनका क्रममा कृष्णनगर, धुलीखेल, इलाम र सिन्धुली आन्तरिक भन्सार कार्यालयहरुमा आंशिक क्षति भएको छ । 

यसरी क्षति भएका भन्सार तथा आन्तरिक राजस्व कार्यालयहरुको मूल्यांकन गरेर पुनः संरचनाको काम गरिने स्रोतले बताएको छ । 

कहाँ कति क्षति ? 

भन्सार कार्यालय (पूर्ण क्षति)

–    मेची भन्सार

–    भद्रपुर भन्सार

–    कैलाली भन्सार

–    जनकपुर भन्सार

भन्सार कार्यालय (आंशिक क्षति)

–    विराटनगर भन्सार

–    नेपालगञ्ज भन्सार

–    भैरहवा भन्सार

–    ठाडी भन्सार  

आन्तरिक राजस्व कार्यालय (पूर्ण क्षति) 

–    आन्तरिक राजस्व कार्यालय दमक,

–    आन्तरिक राजस्व कार्यालय इटहरी

–    आन्तरिक राजस्व कार्यालय विराटनगर

–    आन्तरिक राजस्व कार्यालय लाहान

–    आन्तरिक राजस्व कार्यालय जनकपुर

–    आन्तरिक राजस्व कार्यालय सिमरा

–    आन्तरिक राजस्व कार्यालय हेटौडा

–    आन्तरिक राजस्व कार्यालय विरगञ्ज

–    आन्तरिक राजस्व कार्यालय वुटवल

–    आन्तरिक राजस्व कार्यालय भैरहवा

–    आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज

–    आन्तरिक राजस्व कार्यालय जनकपुर

–    आन्तरिक राजस्व कार्यालय सिमरा

–    आन्तरिक राजस्व कार्यालय हेटौडा

–    आन्तरिक राजस्व कार्यालय दाङ

–    आन्तरिक राजस्व कार्यालय धनगढी 

–    आन्तरिक राजस्व कार्यालय डढेल्धुरा

–    आन्तरिक राजस्व कार्यालय पोखरा ।

आन्तरिक राजस्व कार्यालय (आंशिक क्षति)  

–    आन्तरिक राजस्व कार्यालय कृष्णनगर

–    आन्तरिक राजस्व कार्यालय धुलीखेल 

–    आन्तरिक राजस्व कार्यालय इलाम 

–    आन्तरिक राजस्व कार्यालय सिन्धुली


Link copied successfully