कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

शुक्रबारको सेयर कारोबार १ अर्बमुनि खुम्चियो 

काठमाडौँ — शुक्रबार सेयर कारोबार १ अर्बमुनि खुम्चिएको छ । शुक्रबार बन्द हुने गरेको बजार सरकारले आइतबार पनि बिदा दिने घोषणा गरेपछि पहिलो पटक खुलेको हो । आइतबारको विदाले करोबार हुने दिन नघटाउनका लागि साेमबारदेखि शुक्रबारसम्म बजार खुल्ला हुन थालेको हो । शुक्रबार कारोबार रकम ९३ करोड २२ लाखमा खुम्चिएको छ । बिहीबार १ अर्ब ३० करोडको कारोबार भएको थियो । 

शुक्रबारको सेयर कारोबार १ अर्बमुनि खुम्चियो 

नेप्से परिसूचक भने १५. ८२ अंकले घटेर २२३५ मा कायम भएको छ । ४१ कम्पनीको मूल्य बढेको छ भने १३९ को घटेको छ । १२ कम्पनीको मूल्य भने स्थिर रह्यो । सबैजसो उपसमूह घटेका छन् । बैंकिङ ६, विकास बैंक ३३, फाइनान्स १५, होटल तथा पर्यटन ७, जलविद्युत् ९, जीवन बीमा १२२, उत्पादन २१, माइक्रोफाइनान्स १४, निर्जीवन बीमा १३९, अन्य ३५ र ब्यापार उपसमूह ४७ अंकले घटे ।

सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै २.७ प्रतिशत बढ्यो । तेह्रथुम पावरको मूल्य सबैभन्दा धेरै ४.९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा अरुण काबेली, हिमालयन डिस्टिलरी, सांग्रिला डेभलपमेन्ट बैंक (संस्थापक), पुनर्बीमा कम्पनी र अपी पावर क्रमश: अगाडि रहे ।


प्रकाशित : जेष्ठ ६, २०७९ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?