कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साल्ट र खाद्य कम्पनीबाट बिक्री हुने खाद्यान्नमा १० प्रतिशत छूट

काठमाडौँ — सरकारले सरकारी स्वामित्वको कम्पनीबाट बिक्री गर्ने खाद्यान्नमा १० प्रतिशत छूट दिने निर्णय गरेको छ ।

साल्ट र खाद्य कम्पनीबाट बिक्री हुने खाद्यान्नमा १० प्रतिशत छूट

मन्त्रिपरिषद्का निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले खाद्यान्नमा हाल कायम भएको मुल्यमा १० प्रतिशत छूट दिने निर्णय गरिएको जानकारी दिए । सर्वसाधारणलाई राहत दिन खाद्यान्नमा छूट दिएको उनले बताए ।

साल्टले नुन र चिनी बिक्री गर्दै आएको छ । खाद्य व्यवस्था कम्पनीले चामल, सिमी बिक्री गर्दै आएको छ । आपूर्तिका सन्दर्भमा आपूर्तिकर्ता/बिक्रेतालाई मास्क र ग्लोब्स अनिवार्य लगाएर बिक्री गराउने निर्णय गरिएको उनको भनाइ छ । ‘यसले बिक्रेतासँगै ग्राहक पनि सुरक्षित हुन्छन्,’ उनले भने ।


प्रकाशित : चैत्र १६, २०७६ २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?