कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन आयात दैनिक १० केजी मात्रै 

काठमाडौँ — सरकारले सुनको दिनहुँ आयात गरिने कोटालाई १० किलोमा झारेको छ । मन्त्रिपरिषद बैठकले आइतबार आयात कोटा २० किलोबाट घटाएर १० किलोमा गर्ने निर्णय गरेको हो ।

सुन आयात दैनिक १० केजी मात्रै 

‘सुनको पैठारी दैनिक २० किलो सुविधा दिइराखिएकोमा त्यसलाई १० किलोमा झारिएको छ,’ सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले भने ।

सुन आयात गर्न नेपाल राष्ट्र बैकले वाणिज्य बैकहरूलाई मात्रै अनुमति दिएको छ । हाल मुलुकमा २६ वटा वाणिज्य बैक छन् । वाणिज्य बैकले आयात गरेको सुन नेपाल सुनचादी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको सिफारिसमा बिक्री गरिन्छ ।

व्यवसायीका अनुसार सुनको दैनिक माग करिब २५ किलो छ । चाडबाड र बिहेको सिजनमा माग दोब्बर हुन्छ । माग बढेपछि व्यवसायीले कोटा बढाउन दबाब दिँदै आएका छन । अहिले सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गरेपछि कारोबार सुस्त भएको व्यवसायी बताउँछन् । सरकारले लकडाउनको घोषणा गरेसँगै सुन पसल पनि बन्द छन् ।



प्रकाशित : चैत्र १६, २०७६ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?