१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

महंगा सवारी आयात प्रतिबन्ध, नवीकरणमा जरिवाना नलाग्ने

काठमाडौँ — सरकारले वैशाख मसान्तसम्म सवारी साधन नवीकरण गर्दा जरिवाना नलाग्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले ५० हजार डलर भन्दा माथिका सवारी साधनको आयातलाई अहिले निरुत्साहित गर्ने गरी रोक लगाइएको बताएका छन ।

महंगा सवारी आयात प्रतिबन्ध, नवीकरणमा जरिवाना नलाग्ने

आइतवार साँझ मन्त्रिपरिषदले गरेको निर्णय सुनाउँदै उनले मरिच, सुपारी, केराउ, छोगडा, मदिराजस्ता वस्तुहरुको अर्को व्यवस्था नभएसम्म आयातमा रोक लगाउन निर्णय गरिएको बताए ।

यातायात तथा सवारी साधन अनुमति पत्र र सवारी साधनको नवीकरण, प्रदुषण नवीकरण, रुट परमिट नवीकरण ०७७ बैशाख मसान्तसम्म कायम गरिएको छ ।


त्यसबापत कुनै पनि बिलम्ब शुल्क बुझाउन नपर्ने र जरिवाना नलाग्ने व्यवस्था गरिएको छ ।


प्रकाशित : चैत्र १६, २०७६ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?