कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चीनतर्फका दुवै नाका आजैबाट खुला

१४ दिन क्वारेन्टाइनमा राखी तातोपानी र रसुवागढी सामान ल्याइने

काठमाडौँ — माघ १५ गतेदेखि बन्द चीनतर्फका दुई नाका रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका आजबाट खुला भएका छन् । 

सामान ल्याउन मिल्ने गरी नाका खुला गरिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

चीनतर्फका दुवै नाका आजैबाट खुला


‘तर औषधि र अन्य कुनै अत्यावश्यक सामग्रीबाहेकलाई १४ दिन क्वारेन्टाइनमा राखेर मात्रै सामान नेपाल भित्र्याउन दिनेछौं,’ उनले भने, ‘सामान ओसारपसारमा संलग्न ड्राइभर, कामदार तथा कर्मचारीलाई कोरोना भाइरस संक्रमण जाँच गरेर मात्रै आवतजावत गर्न दिनेछौं ।’

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत बुधबार रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो ।

चीनतर्फ रसुवागढी नाकामा नेपालका लागि हिँडेका करिब २ सय कन्टेनर रोकिएको दुई महिनाभन्दा बढी भयो । चिनियाँ पक्षले नेपाललाई उक्त कारण देखाउँदै नाका खोल्न भनिरहेको थियो ।

नेपाल आयात हुने धेरैजसो सामग्री ०७२ मंसिरदेखि रसुवागढी नाकाबाट आउने गरेको थियो । यो नाकालाई ०७४ भदौ १४ गते चीन सरकारले ‘अन्तर्राष्ट्रिय नाका’ घोषणा गरेपछि सीमामा व्यवसायी र सवारीसाधनको चाप बढ्दै गएको थियो । नेपालको वैदेशिक व्यापारमा चिनियाँ सामग्रीको हिस्सा १६ प्रतिशत छ ।


प्रकाशित : चैत्र १४, २०७६ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?