कोरोना रोकथाम कोषमा धितोपत्र बोर्डको ५० लाख योगदान

काठमाडौँ — सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा नेपाल धितोपत्र बोर्डले ५० लाख सहयोग योगदान गर्ने घोषणा गरेको छ । 

कोरोना रोकथाम कोषमा धितोपत्र बोर्डको ५० लाख योगदान

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोषमा सरकारका तर्फबाट ५० करोड रुपैयाँ राख्ने र अन्यलाई सहयोग गर्न आह्वान गरेको थियो । लगत्तै अन्यले पनि कोषलाई सहयोग गर्ने घोषणा गर्न थालेका हुन् । यसैक्रममा धितोपत्र बोर्डले नगद ५० लाख रुपैयाँको योगदान गर्ने घोषणा गरेको हो ।


बोर्डका प्रवक्ता निरज गिरीले विज्ञप्ति जारी गर्दै सरकारले चालेको रोग नियन्त्रणको अभियानमा आ–आफनो तर्फबाट समेत सहयोग पुर्‍याउन पूँजीबजारका सबै सहभागीहरु नेप्से, सिडिएसी, क्रेडिट रेटिङ्ग संस्थाहरु, मर्चेन्ट बैंकरहरु, धितोपत्र दलाल व्यवसायीहरु, आस्वा सदस्यहरु तथा सूचीकृत कम्पनीहरु लगायतका संस्थाहरुलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।

प्रकाशित : चैत्र ११, २०७६ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?