माघ अन्तिमसम्म कर्मचारीको विवरण निर्वाचन अधिकृतको कार्यालमा पठाउने लक्ष्यका साथ काम भइरहेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।
What you should know
काठमाडौँ — फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका मतदान केन्द्रहरुमा ३ हजार ३ सय ६६ कर्मचारी खटिने भएका छन् ।
खटाइने कर्मचारी संख्या यकिन भएसँगै कर्मचारीको विवरण संकलन सुरु गरिएको छ। प्रदेश निर्वाचन कार्यालय हेटौंडाले मकवानपुरमा कार्यरत कर्मचारीमध्ये मतदान मतदान केन्द्रहरुमा खटाइने कर्मचारीको विवरण संकलन सुरु गरेको हो ।
माघ अन्तिमसम्म कर्मचारीको विवरण निर्वाचन अधिकृतको कार्यालमा पठाउने लक्ष्यका साथ काम भइरहेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।
विवरण संकलनपछि कर्मचारीको छनोट गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिफारिस गरिने प्रदेश निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए । छनोट भएका कर्मचारीलाई लगक्तै नियुत्ति तथा तालिम दिइने उनले बताए ।
मकवानपुरमा ३ सय ७४ मतदान केन्द्र छन् । मतदान सम्पन्न गर्न ३ हजार ३ सय ६६ कर्मचारीबाहे केन्द्रहरुमा १ हजार १ सय २२ स्वयंसेवक कर्मचारी पनि खटिने अधिकृत ढकालले बताए ।
प्रत्येक मतदान केन्द्रहरुमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, ३ सहायक कर्मचारी र एक सहयोगी गरी ६ जना रहनेछन् । हरेक केन्द्रमा ३ जना स्वयंसेवक खटिने छन् । जिल्लामा कर्मचारीहरुलाई फागुन १७ र १८ गते मतदान केन्द्रहरुमा पठाउने गरी तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयले हाल निर्वाचनलक्षित जनशक्ति (कर्मचारी) व्यवस्थापन, निर्वाचन सामग्री व्यवस्थापन तथा मतदाता शिक्षा गरी तीन वटा कामलाई प्राथमिकता दिइरहेको जनाएको छ ।
निर्वाचनमा प्रयोग गरिने मतपेटिका, नामावली सूचीलगायत ५२ प्रकारका सामग्रीको व्यवस्थापन कार्यालयले गरिरहेको छ । कार्यालयले मतदाता शिक्षाका लागि स्थानीय तहका वडाहरुमा कार्यरत स्वयसेवक पठाउने तयारी गरिरहेको छ ।
