राजमार्ग भासिएपछि सवारी आवागमन प्रभावित बनेको प्रहरीले जनाएको छ ।
दोलखा — पुष्पलाल राजमार्गअन्तर्गत दोलखाको तामाकोशी गाउँपालिका-१ भीरकोट,कालीदहमा सडक भासिएपछि राजमार्ग अवरुद्ध बनेको छ । राजमार्ग भासिएपछि सवारी आवागमन प्रभावित बनेको प्रहरीले जनाएको छ ।
बीपी राजमार्ग पहिरो र रोशी खोलाको कटानले अवरुद्ध बनेपछि वैकल्पिक मार्गका रूपमा प्रयोगमा आएको पुष्पलाल राजमार्गको कालीदह खण्डमा सडक भासिएपछि त्यसतर्फबाट आएका सवारी साधन रोकिएको प्रहरीले जनाएको छ ।
कालीदह खण्ड निरीक्षणमा पुगेका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको कान्तिपुरलाई बताए ।
सम्बन्धित समाचार
