कटुवा पेस्तोल र गोली सहित एक जना पक्राउ

भाद्र २३ देखि २५ गते सम्म भएको प्रदर्शनका क्रममा लुटेर लगेका हतियार पनि बुझाउन प्रहरीले आग्रह गरेको छ ।

भाद्र २८, २०८२

ज्योती श्रेष्ठ

काभ्रे — कटुवा पेस्तोल र गोली सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर  नगरपालिका वडा नं ७ घर भई हाल बनेपा नगरपालिका वडा नं ९ लाईकु स्थितमा  कोठा भाडमा बस्ने  ३४ वर्षीय सन्तोष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

उनलाई प्रहरीले शनिबार रातको समयमा १ बजे  कटुवा पेस्तोल १ नाल  र गोली ३६ राउन्ड  सहित बनेपा नगरपालिका वडा नं ९ स्थित कोठाबाट नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय काभ्रेमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।



भाद्र २३ देखि २५ गते सम्म भएको प्रदर्शनका क्रममा लुटेर लगेका हतियार पनि बुझाउन प्रहरीले आग्रह गरेको छ । साथै उक्त सामाग्रीहरू प्रहरीलाई नबुझाएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रहरीले बताएको छ । 

 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully