बाढीपहिरोले वाग्मती प्रदेशका १० जिल्लामा २१ जनाको मृत्यु

काठमाडाै‌ उपत्यका बाहेकका जिल्लामा कम्तीमा २५ जना बेपत्ता

आश्विन १२, २०८१

प्रताप विष्ट

21 people died due to floods in 10 districts of Wagmati province

हेटाै‌डा — बाढीपहिराको कारण वाग्मती प्रदेशका १३ जिल्लामा परेर २१ जनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार उपत्यकाका तीन जिल्लाबाहेक पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण २१ जनाको मृत्यु भएको हो ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शनिबार अपराह्न ४ बजेसम्म बाढीपहिरोका कारण सबैभन्दा धेरै काभ्रेमा १० जना, सिन्धुपाल्चोकमा ६, दोलखामा ३ तथा धादिङ र सिन्धुलीमा १/१ जनाले ज्यान गुमाएका हुन् ।

बिहीबारदेखिको वर्षाका कारण आएको बाढीपहिरो कारण प्रदेशको काभ्रे, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक र धादिङमा मानवीय क्षति भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जनाए । 

बाढीपहिरोका कारण काभ्रेमा ११ जना बेपत्ता भएका छन् । त्यस्तै, धादिङमा ३, सिन्धुपाल्चोकमा ४ र  मकवानपुरमा ७ जना जना बेपत्ता भएका छन् । 

बाढी पहिरोका कारण प्रदेशमा ५९ वटा भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ भने १० वटामा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । बाढी पहिरोले मकवानपुरमा २८ र काभ्रेमा ११ वटा भौतिक संरचना पूर्ण क्षति पुगेको हो । 

प्रदेशमा बाढी पहिरोको जोखिममा रहेका १ सय ९२ परिवारलाई उद्धार गरेर स्थानान्तरण गरिएको छ । काभ्रे, दोलखा र मकवानपुरका गरी ३९ घर र कार्यालय उच्च जोखिममा छन् । 

प्रदेश प्रहरी कार्यालय हेटौडाका अनुसार प्रदेशमा बाढी पहिरोमा परेका र उच्च जोखिममा रहेको खोजी तथा उद्धारका लागि १० जिल्लामा ४ हजार १  सय ११  जना प्रहरी परिचालन गरिएको छ । बाढीपहिरोले १० जिल्लाका ३७ राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् । 

बाढी पहिरो

प्रताप

Link copied successfully