परासी — पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-२ बासखोलामा ९ वटा घर भत्किएका छन् । अविरल वर्षाका कारण एउटै गाउँका घर भत्किएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी रेशम बोहोराका अनुसार कोशबहादुर आलेको ढुंगामाटोले बनेको २ तला, कादर दर्लामी, हरिबहादुर राई, तोमनसिंह दर्लामी, तिलकुमारी बाह्रघरे, बमबहादुर बाह्रघरे, तिलबहादुर रुचाल, दलबहादुर राई, कुशबहादुर आलेमगरको घर भत्किएको हो ।
घर भत्किएकाहरु आफन्तका घरमा बसेका छन् । घर भत्किए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
