काभ्रे — अविरल वर्षासहितको लेदोले सडक ढाकेपछि बीपी राजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी गाउँपालिका - ८ स्थित चारसयवेशीमा वर्षासहित आएको लेदोले शुक्रबार बिहान ९ : ४५ बजेको समयदेखि राजमार्गमा यातायात एकतर्फी सञ्चालन गरिएको हो
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठलेप्रहरी, स्थानीय निकाय र सडक विभागको समन्वयमा बाटो खुलाउने प्रयास भइरहेको जानकारी दिए ।
