हेटौंडा — अविरल वर्षाका कारण हेटौंडा उपमहानगरपालिका-५ का विभिन्न स्थानका करिब २५ घर डुवानमा परेका छन् ।
डुवानमा परेकाहरुको प्रहरीले शकुशल उद्धार गरेको प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले वताए । उक्त घरहरु स्थानीय खोल्सीमा आएको भेलले निकास नपाएपछि घर डुवानमा परेको हो । विशेषगरी लक्ष्मी नारायण मन्दिर क्षेत्रका घरहरु डुुुुुवानमा परेका थिए ।
यसैगरी मकवानपुरगढी गाउँपालिका-२ कृपिडाडास्थित सन्तवहादुर घलानको गोठ भासिएर चार वटा गाई गोठ भित्र थुनिएका थिए । प्रहरी र स्थानीयबासीले २ वटा गाई सकुशल बाहिर निकालेका छन् भने २ वटा गोठ भित्रै बिरामी अवस्थामा छन् ।
