सिन्धुली — सिन्धुलीमा सोमबार सिन्धुली अस्पताल, एपोलो अस्पताल र होम आइसोलेसनका १७ जना कोरोनामुक्त भएका छन् । अस्पतालका व्यवस्थापक विमल श्रेष्ठका अनुसार होम क्वारेन्टाइन र अस्पतालको आईसोलेसन कक्षमा भर्ना भइ उपचार गरिरहेका १७ जनासहित ५३ जना कोरोना संक्रमित निको भएका छन् ।
सिन्धुली जिल्लामा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या ६२ रहेको छ । तीमध्ये अहिले उपचार गराइरहेका बाँकी संक्रमितको संख्या ९ जना रहेको छ ।
अस्पतालका व्यवस्थापक श्रेष्ठका अनुसार संक्रमित ९ जना बिरामी मध्ये जिल्ला प्रहरी कार्यालयका ७ जना प्रहरी उक्त कार्यालयकै क्वारेन्टाइनमा बसेर उपचार गरिरहेका छन् । एपोलो अस्पतालमा र सिन्धुली अस्पतालको आइसोलेनसन कक्षमा एक/एक जनाको उपचार भइरहेको छ ।
