ऱ्यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएका धादिङका युवकमा कोरोना संक्रमण देखिएन

वैशाख ५, २०७७

हरिहरसिंह राठौर

धादिङ — ज्वालामुखी गाउँपालिका वडा नम्बर–३,  मैदी स्थत स्वास्थ्य केन्द्रमा गरिएको ऱ्यापिड टेस्टमा एन्टिबडी पोजिटिभ रिपोर्ट आएका २७ वर्षीय युवकको पीसीआर परीक्षणमा नेगेटिभ देखिएको छ ।

फागुन २० गते दक्षिण कोरियाबाट आएका ती युवकले हेटाैंडा गएर स्वक्वारेन्टाइनमा बसेको दाबी गरेका थिए । पछि स्थानीय जनप्रतिनिधिहरुको दबाबमा उनको आरडीटी परीक्षण गरिएको छ ।

स्थानीय स्वास्थ्य संस्थामा ऱ्यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा भने कोरोना संक्रमण नदेखिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकृत विक्रम बीकेले जानकारी दिए ।

हरिहरसिंह

Link copied successfully