भारतको उत्तराखण्डबाट फर्किएका एक जना सिन्धुलीको आइसोलेसनमा  

चैत्र २३, २०७६

कान्तिपुर संवाददाता

सिन्धुली — भारतबाट फर्किएका सिन्धुलीको कमलामाई नगरपालिका–५ का एक व्यक्तिलाई स्वास्थ्यमा समस्या देखिएपछि सिन्धुली अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई अस्पताल ल्याइएको थियो । अस्पतालका प्रवक्ता डा. प्रसन्न राजभण्डारीका अनुसार उनी भारतको उत्तराखण्डबाट मजदुरी गरी फर्किएका २६ वर्षीय पुरुष हुन् ।

उनको स्वाब परीक्षणका लागि काठमाडाैं  पठाइएको छ । यसअघि आइसोलेसनमा भर्ना भएका पाँच जनाको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएको थियो । यसैबीच दुधौली नगरपालिकाको क्वारेन्टाइनमा पाँच जनार्लाइ राखिएको छ । उनीहरु राजधानीको इँटाभट्टामा काम गर्ने मजदुरहरु हुन्  ।

कान्तिपुर

Link copied successfully