काठमाडौँ — ‘दोस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०’ मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड सुस्मिता स्याङ्तानले प्राप्त गरेकी छन् । उनले तामाङ सेलो गीत ‘सगुन छ्योइजी’ बाट अवार्ड प्राप्त गरेकी हुन् ।
एक्टिभ इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडद्वारा आयोजित कार्यक्रम नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा चलचित्र विकास बोर्ड चाबहिलको सभाहलमा सम्पन्न भएको हो । एक्टिभ इन्टरटेनमेन्टका कार्यकारी प्रमुख विजेन्द्र नौबागेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
बिरिसु मिडियाका निर्देशकसमेत रहेकी स्याङ्तान रोयल फिल्मस्ले आयोजना गरेको चौथो ज्योति फिल्मस् अवार्डमा कला सम्मान, पहिलो लामटाङ राष्ट्रिय म्युजिक अवार्ड २०८० मा सर्वोत्कृष्ट सेलो गायिकाको अवार्डसमेत प्राप्त गरिसकेकी छन् ।
