[अर्काइभ] लट्ठीको सहारामा उभिएर मनमोहनले गरेको त्यो भाषण...

प्रमुख प्रतिपक्षीसहितका दलहरूले अविश्वासको माध्यमबाट उनलाई प्रधानमन्त्रीबाट हटाउने निश्चित भएपछि अधिकारीले शिक्षण अस्पतालको शैयाबाटै संसद‍्मा उठेका सवालको प्रत्युत्तर भिडियो रेकर्डमार्फत दिएका थिए ।

पुस १८, २०८२

कान्तिपुर संवाददाता

[Archive] That speech given by Manmohan Singh while standing on a stick...

What you should know

काठमाडौँ — नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी २०५२ साउनको अन्तिम साता राप्ती किनारमा भएको हेलिकप्टर दुर्घटनामा घाइते भएका थिए । उनको उपचार शिक्षण अस्पताल महाराजगन्जमा भएको थियो ।

उनको उपचार भइरहेका बेला अधिकारीले २०५२ जेठमा गरेको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको सिफारिसलाई अदालतले २०५२ भदौमा गैरसंवैधानिक ठहर गरेको थियो । 

आफूले गरेको सिफारिसलाई सर्वोच्च अदालतले उल्ट्याएको र संसदमा पनि एमाले अल्पमतमा रहेकाले अधिकारीले प्रधानमन्त्री पदबाट राजिनामा दिने अनुमान गरिएको थियो । तर उनले शिक्षण अस्पतालबाट राजिनामा नदिने र ‘संसद् फेस’ गर्ने जानकारी सदनलाई गराए । प्रमुख प्रतिपक्षीसहितका दलहरूले अविश्वासको माध्यमबाट उनलाई प्रधानमन्त्रीबाट हटाउने निश्चित भएपछि अधिकारीले शिक्षण अस्पतालको शैयाबाटै संसद‍्मा उठेका सवालको प्रत्युत्तर भिडियो रेकर्डमार्फत दिएका थिए । 

अविश्वास प्रस्तावको सामना गरिरहेका प्रधानमन्त्रीले अस्पतालबाटै सांसदहरूले उठाएका सवालको जवाफ दिएको सम्भवतः नयाँ रेकर्ड भएको अनुमान गरिएको थियो । कतिपयले त यो दृश्यलाई कारुणिक पनि भनी चर्चा गरेका थिए । एमालेले कांग्रेससहितका प्रतिपक्षी दलहरूलाई बिरामी भएका बेला केही दिन पर्खन नसकेर सत्ताका लागि मानवीयता नै बिर्सेको आरोप पनि लगाएका थिए । 

प्रधानमन्त्री अधिकारीविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि राजाले २०५२ भदौ २६ मा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेका थिए । नौ महिना प्रधानमन्त्री भएका अधिकारी भने अस्पतालमै बसेर उपचार गराइरहेका थिए । दुर्घटनामा परेको तीन महिनापछि अधिकारी २०५२ मंसिर १ गते पहिलो पटक प्रतिनिधिसभामा उपस्थित भएका थिए ।[Archive] That speech given by Manmohan Singh while standing on a stick...

प्रधानमन्त्रीको हैसियतमा मध्यावधि निर्वाचन घोषणा गरेका अधिकारी लट्ठी टेकेर संसदमा उपस्थित भएका थिए । उनले त्यसै दिन संसदमा बोल्न चाहेको सूचना सभामुख रामचन्द्र पौडेललाई दिए । विशेष परिस्थिति बाहेक सामान्यतया प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताले बोल्न चाहेमा उनीहरूलाई पहिलो प्राथमिकता दिने संसदीय परम्पराअनुसार सभामुख पौडेलले अधिकारीलाई पनि बोल्ने व्यवस्था मिलाएका थिए । 

लट्ठी टेकेर संसद् छिरेका अधिकारीले २० मिनेट भाषण गरेका थिए । बिरामी मनमोहनले लट्ठीबिना नै रोस्टममा उभिएर भनेका थिए, ‘ससद् राष्ट्रको सबै समस्या हल गर्ने प्रजातन्त्रको पौष्टिक तत्त्व हो ।’ उनले आफ्ना केही तीता, मीठा कुरा छन् भन्दै आफूले सरकारमा भएका बेला केही नयाँ कुरा देखाएको र जनमुखी काम गरेको दाबीसमेत गरेका थिए । उनले संयुक्त सरकारले एमालेले गरेको कामलाई नकारात्मक रूपमा चित्रण गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

राम्रो काम गरेमा सरकारलाई आफ्नो रचनात्मक समर्थन रहने आश्वासन दिँदै उनले सरकारको न्यायपूर्ण दृष्टिकोण नपाएको धारणा राखेका थिए । प्रधानमन्त्री भएका बेला भारतसँगको सम्बन्धमा सुधार ल्याएको दाबी गर्दै अधिकारीले संसदमा सबै एक भएर अघि बढ्नुपर्ने बताएका थिए । उनले सिंगो संसद् एक भएमा भारतसँगको सम्झौता कार्यान्वयन गर्न सकिने पनि बताएका थिए । सरकारले जनतामा राम्रो गरेको देखाउन नयाँ विधेयकहरू ल्याउनुपर्ने सुझाव उनको थियो । 

पूर्वप्रधानमन्त्री अधिकारीले त्यसै दिन काठमाडौं नगरपालिका–१६ मा एमाले आमसभामा बोल्दै संयुक्त सरकार चार/छ महिनामा ढलेर नेतृत्व गर्ने जिम्मेवारी फेरि एमालेको काँधमा आउने बताएका थिए । सभामा लट्ठी टेकेरै भाषण गरेका मनमोहनले एमालेको लक्ष्य सगरमाथा भएको दाबी गरे । उनले वातावरण बिग्रेका कारण सरकार बाहिर जानुपरेको भन्दै मध्यावधि निर्वाचन हुन दिएको भए एमालेले १ सय २० सिटसम्म जित्ने आकलन प्रस्तुत गरेका थिए । त्यतिबेला प्रतिनिधिसभामा कुल सांसद संख्या २ सय ५ थियो । उनले एमालेले बहुमत ल्याउने डरले प्रतिपक्षीहरू अदालत गएको दाबी पनि गरेका थिए । [Archive] That speech given by Manmohan Singh while standing on a stick...

अधिकारीले अदालतले पुरानो नजिरलाई बेवास्ता गरेर निर्णय दिएको भन्दै असन्तुष्टि जनाएका थिए । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ मा गरेको मध्यावधिको सिफारिस मान्य हुने तर आफूले गरेको अमान्य हुने आशयमा सर्वोच्चलाई नजिर बेवास्ता गरेको आरोप लगाएका थिए । उनले अदालतका कारण सत्ता गुमाउनु परेको पीडा पनि सुनाएका थिए । संयुक्त सरकारले एमालेले छुट्याएको बजेट कटौती गरेको भनाइ उनको थियो । 

आफ्नो नेतृत्वमा नौ महिनामा भएको काम, संयुक्त सरकारको गतिविधि र सर्वोच्चले गरेको फैसलाका विषयलाई गाउँगाउँमा अभियानकै रूपमा लैजानुपर्ने धारणा उनले राखेका थिए । प्रधानमन्त्री पद गुमाएपछि मनमोहनले बिरामी अवस्थामा संसद् र पार्टीको सभामा पहिलो पटक बोलेका विषयलाई सन्दर्भ बनाएर तयार गरेको समाचार कान्तिपुर दैनिकले ‘सरकारको टिप्पणी गर्ने बेला भएको छैन’, ‘हामी सगरमाथा चढ्ने लक्ष्यमा अडिग छौं’ शीर्षकमा २०५२ मंसिर २ मा प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर संवाददाता

Link copied successfully