कलेज टु वाच : एपेक्स कलेजमा  ‘भीम्याग’

आश्विन ११, २०८१

कान्तिपुर संवाददाता

College to Watch: 'VMag' at Apex College

काठमाडौँ — नेपालमा सञ्चालित विभिन्न कलेजको शैक्षिक वातावरण, शिक्षाको गुणस्तर, अतिरिक्त क्रियाकलापलगायतका विषयमा जानकारी दिँदै आएको ‘भीम्याग’ टिम यस पटक काठमाडौंको नयाँ बानेश्वरस्थित एपेक्स कलेजमा पुगेको छ । 

एपेक्सका कार्यक्रम निर्देशक योगेन्द्र अधिकारीले यहाँका पूर्वविद्यार्थीहरूको सरकारी जागिरमा ‘ट्र्याक रेकर्ड’ अत्यन्त राम्रो रहेको बताउँदै कलेजले पूर्वविद्यार्थीहरूसँग समेत सहकार्यको हात बढाउने गरेको उल्लेख गरे ।

भने, ‘हामीकहाँ कलेजका पूर्वविद्यार्थीसँग कलेजले सहकार्यका लागि स्थान दिँदै आएको छ, यहाँ स्टार्टअप बिजनेस गर्न चाहनेहरूले नयाँ–नयाँ आइडिया पिच गर्ने गर्छन् ।’ अधिकारीले अध्ययनरत विद्यार्थी र विभिन्न क्षेत्रमा कार्यरत आफ्ना पूर्वविद्यार्थीलाई कलेजले एक ठाउँमा ल्याएर सहकार्यको वातावरण बनाइदिएकैले उपलब्धि राम्रो भएको बताए । 

सन् २००० मा बीबीए र बीसीआईएसबाट सुरु गरिएको कलेजले छोटो समयमै प्रगति गर्नुमा अरूमा भन्दा तुलनात्मक रूपमा शिक्षण पद्धतिमा केही फरक र व्यावहारिक रहेको कलेजकी प्रिन्सिपल दुर्गा रिजालले बताइन् । ‘एपेक्समा किताबी ज्ञानका लागि मात्रै नभई जिज्ञासु, प्रयोगधर्मी र नयाँ–नयाँ कुरा खोज्न चाहने विद्यार्थीका लागि उपयुक्त गन्तव्य रहेको बताइन्,’ उनले भनिन् ।

 साथै, रिजालले उत्कृष्ट विद्यार्थीका लागि कलेजले दिने छात्रवृत्तिबाहेक पनि अन्तर्राष्ट्रिय छात्रवृत्ति पनि दिने गरेको उल्लेख गरिन् । ‘त्यसबाहेक यस पटक हामीले कलेजका २५ औं ब्याचको भेला गर्दै छौं ताकि विभिन्न तहमा पुगेका हाम्रा पूर्वविद्यार्थीले एपेक्स पढ्दै गरेका विद्यार्थीको पढाइका लागि केही न केही सहयोग गर्न सकून्,’ उनले भनिन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully