२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

‘दिमाग खराब’ को सकियो छायांकन

काठमाडौँ — निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ को छायांकन ३६ दिनमा सकिएको छ । बस्नेतले सामाजिक सञ्जालमार्फत फेसबुकमार्फत केही तस्बिर सार्वजनिक गर्दै ३६ दिनमा फिल्मको छायांकन सकिएको जनाएका हुन् ।

‘दिमाग खराब’ को सकियो छायांकन

काठमाडौंको पिंगलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा सोमबार ३६ औं दिनको छायांकन गरिएको हो ।

‘जनता भर्सेस शक्ति’ को मुख्य विषयवस्तु बन्ने फिल्म को छायांकन सुसन प्रजापतिले गरेका हुन् । फिल्म सोसल ड्रामा जनरामा बन्ने निर्देशक बस्नेतको भनाइ छ । फिल्मको कथा आकाश बरालले तयार पारेका हुन् ।

रौनकविक्रम कँडेलको निर्माण रहेको फिल्ममा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा र विजय बरालले प्रमुख भूमिका निर्वाह गरेका छन् । ‘दिमाग खराब’ कात्तिक २४ गते सार्वजनिक प्रदर्शनीमा आउने जनाइएको छ । ‘लुट’ फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका बस्नेत ‘लूट–२’ पछि पुनः निर्देशनमा फर्किएका हुन् । उनको निर्देशकीय डेब्यु फिल्म ‘लूट’ आर्थिक रूपमा निकै सफल फिल्म हो ।

प्रकाशित : असार १३, २०८० ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?