इरान–इजरायल संघर्ष जारी : इरानको परमाणुसँग सम्बन्धित संरचनामा आक्रमण गरिएको दाबी 

असार १, २०८२

एजेन्सी

Iran-Israel standoff continues: Iran's nuclear-related facilities claimed to have been attacked

काठमाडौँ — आइतबार इरानले इजरायलमा ठूलो आक्रमण सुरु गरेको छ । यता इजरायलले पनि इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित संरचनालाई निशाना बनाइएको दाबी गरेको छ । 

इरानको सरकारी टेलिभिजन च्यानलले तेल अविवको आकाशमा ड्रोन देखिइरहेको र इरानले इजरायलविरुद्ध ठूलो ड्रोन आक्रमण गरेको दाबी गरेको छ । 

यता इजरायली डिफेन्स फोर्सका अनुसार तहरानमा इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित एक संरचनामा आक्रमण गरेको छ । यस आक्रमणमा इरानको रक्षा मन्त्रालयको मुख्यालय र रक्षासँग सम्बन्धित अनुसन्धान संस्थालाई निशाना बनाइएको बताएको छ । 

केही अरु क्षेत्रलाई पनि निशाना बनाइएको इजरायली सैन्य बलले जनाएको छ । इरानले परमाणु हतियार बनाउने कोशिस गरिरहेको र परमाणु कार्यक्रमसँग सम्बन्धित महत्त्वपूर्ण जानकारी राखिएको क्षेत्रलाई निशाना बनाइएको इजरायलको दाबी छ । 

यसबाहेक इरानको इस्लामिक रिभोल्यूसनरी गार्ड (आईआरजीसी)ले इजरायलविरुद्ध शनिबार राति गरिएको आक्रमणबारे एक बयान जारी गरेको छ । आइआरजीसीका अनुसार इजरायलका फाइटर जेटका लागि इन्धन बनाइने र विद्युत्‌को आपूर्ति हुने क्षेत्रमा आक्रमण गरिएको छ । 

यस्तै इजरायलले इरानविरुद्ध आक्रमण जारी राखे इजरायलविरुद्ध इरानले पनि कडा आक्रमण गर्ने चेतावनी आईआरजीसीले दिएको छ । यसबाहेक इरानमाथि भएको आक्रमणका क्रममा तीन क्रूज मिसाइल, १० ड्रोन र कैयौं साना ड्रोन खसालिएको दाबी गरिएको छ । 

एजेन्सी

Link copied successfully