सन् २०२१ मा आजकै दिन : तालिवान सत्तामा 

श्रावण ३१, २०८१

कान्तिपुर संवाददाता

Today in 2021: The Taliban are in power

काठमाडौँ — सन् २०२१ मा आजकै दिन (अगस्ट १५) मा अफगानिस्तानमा पुनः तालिवान शासन सुरु भएको थियो । दुई दशक लामो संघर्षपछि विद्रोही समूह तालिवान पुनः अफगानस्तिानको सत्तामा पुगेको हो । 

देशका ३४ मध्ये २६ प्रान्तसहित राजधानी काबुल नियन्त्रणमा लिएपछि अफगानिस्तानका गृहमन्त्रीले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको जनाएका थिए । त्यसलगत्तै राष्ट्रपति असरफ घानी देश छाडेर भागेका थिए । त्यसयता अफगानिस्तानमा तालिवानले शासन गर्दै आएको छ । 

१९९० को सुरुमा कट्टरपन्थी धार्मिक अभियानका रूपमा सुरु भएको तालिवान ४ वर्षपछि तालिवानका रूपमा शक्तिशाली बनेको थियो । १९९५ को सेप्टेम्बरमा तालिवानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त नियन्त्रणमा लिएको थियो । १९९६ मा राजधानी काबुललाई नियन्त्रणमा लिएको तालिवानले राष्ट्रपति रब्बानीलाई हटाएर इस्लामिक इमिरेट्स अफ अफगानिस्तान स्थापना गरेको थियो । 

१९९८ सम्ममा तालिवानले अफगानिस्तानको ९० प्रतिशत भूभाग नियन्त्रणमा लिइसकेको थियो । तर अलकायदा संगठनले २००१ सेप्टेम्बरमा ११ मा अमेरिकामा गरेको जवाफमा अमेरिकाले आक्रमण गरेपछि २००१ डिसेम्बरमा तालिवान सत्ता धराशायी भएको थियो ।

कान्तिपुर

Link copied successfully