कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

बंगलादेशी प्रधानमन्त्रीको निवासमा प्रदर्शनकारीको भिड

श्रावण २१, २०८१
बंगलादेशी प्रधानमन्त्रीको निवासमा प्रदर्शनकारीको भिड

काठमाडौँ — बंगलादेशी प्रधानमन्त्रीको निवासमा प्रदर्शनकारी पुगेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार प्रधानमन्त्री शेख हसिनाले यसअघि नै सरकारी निवास गणभवन छाडिसकेकी छिन् ।

बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा भिड जम्मा भएको जानकारी दिएको हो । उनीहरूले क्यामेराअघि उभिएर विजयीभावमा उत्सवसमेत मनाएको दृश्य टेलिभिजनले प्रसारण गरेको समाचारमा उल्लेख छ ।

सुरक्षाका लागि भन्दै प्रधानमन्त्री हसिनाले ढाका दरबार पनि छाडेकी छिन् । एएफपीका अनुसार हसिना र उनकी बहिनीले प्रधानमन्त्रीको सरकारी निवास 'गणभवन' छाडेकी छिन् ।

यसैबीच बंगलादेशी प्रधानमन्त्री हसिनाले राजीनामा दिने सम्भावना बलियो रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । आइतबारदेखि बंगलादेशमा आन्दोलन पुन: चर्किएको हो । आइतबार मात्र कम्तीमा ९६ जनाको मृत्यु भएको ढाका ट्रिब्युनले जनाएको छ ।

हसिनाका वरिष्ठ सहायकलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले प्रधानमन्त्रीको राजीनामा आउने 'सम्भावना' रहेको उल्लेख गरेको छ ।

प्रकाशित : श्रावण २१, २०८१ १५:१५
x
×