कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

बंगलादेशमा अन्तरिम सरकार गठन गर्ने सेनाप्रमुखको घोषणा

श्रावण २१, २०८१
बंगलादेशमा अन्तरिम सरकार गठन गर्ने सेनाप्रमुखको घोषणा

काठमाडौँ — प्रधानमन्त्री शेख हसिनाले  पदबाट राजीनामा दिएर मुलुक छाडे लगत्तै सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् ।


‘सबै राजनीतिक दलसँगको फलदायी छलफलपछि हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं । हामी अहिले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग कुरा गर्नेछौं ताकि स्थिति समाधान गर्न सकियोस्' उनले भनेका छन् ।

ढाका ट्रिब्युनका अनुसार उनले आन्दोलनको नाममा हुने सबै हिंसा बन्द गर्न आह्वान गर्दै विभेद विरोधी विद्यार्थी आन्दोलनका क्रममा भएका सबै मृत्युको नयाँ सरकारले न्याय सुनिश्चित गर्ने वाचा गरेका छन् ।

ढाका विश्वविद्यालयको कानुन विभागका प्रोफेसर आसिफ नजरुललाई विज्ञप्ति जारी गरी विद्यार्थीलाई आन्दोलन फिर्ता लिन अनुरोध गर्न भनिएको छ।

जनरल वाकरले शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएर देश छाडेको बताए ।

उनले सेनाको मुख्यालयमा राजनीतिक दलसँगको बैठकमा अवामी लिगका कुनै पनि सदस्य नरहेको बताएका छन् ।

सम्बन्धित समाचार :


प्रकाशित : श्रावण २१, २०८१ १६:०४
×