कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

सन् १९३३ मा आजकै दिन : जर्मनीको चान्सलरमा हिटलर

काठमाडौँ — सन् १९३३ मा आजकै दिन (जनवरी ३०) मा एडोल्फ हिटलर जर्मनीको चान्सलर नियुक्त भएका थिए । जर्मनीका राष्ट्रपति पल भोन हिन्डेनबर्गले आफ्ना छोरा, विभिन्न उद्योगीहरू, पूर्वचान्सलर फ्रान्ज भोन पापेनलगायतको छलफलपछि हिटलरलाई चान्सलर स्वीकार गरेका थिए ।

सन् १९३३ मा आजकै दिन : जर्मनीको चान्सलरमा हिटलर

हिटलरको जन्म १८८९ अप्रिल २० मा अस्ट्रियाको एक सामान्य परिवारमा भएको थियो । बाल्यकालदेखि नै चित्रकार बन्ने सपना देखेका हिटलर ‘एकेडेमी अफ फाइन आर्टस्’ भियनामा दुई पटकसम्म प्रवेश परीक्षामै अनुत्तीर्ण भएका थिए । जसका कारण उनी सैनिक सेवामा भर्ती भएका थिए ।

प्रथम विश्वयुद्ध चलिरहेका बेला जर्मन सेनामा आबद्ध भएका हिटलर राजनीतितर्फ लागे । निकै राम्रो वाक्पटुता भएका हिटलरले छोटो समयमै जनताहरूको मन जित्दै गए । राजनीतिमा सक्रिय भएको छोटो समयमै केवल ४४ वर्षको उमेरमा उनी जर्मनीको चान्सलर बन्न सफल भएका थिए । १९३४ मा राष्ट्रपति हिन्डेनवर्गको मृत्यु भएसँगै देशको सर्वोच्च नेतासमेत बने ।

शक्ति हातमा आएसँगै तानाशाही शासकका रूपमा स्थापित भएका हिटलरले आफ्नो शासनकालमा अन्य देशमाथि आक्रमण गर्ने र देशको भूभाग विस्तार गर्न क्रियाशील थिए । यहुदीविरुद्ध जातीय नरसंहार मच्चाएका हिटलरले ६० लाखभन्दा बढी यहुदीको ज्यान लिएका थिए । तर १९३९ देखि सुरु भएको दोस्रो विश्वयुद्धमा पराजित भएपछि उनले १९४५ को अप्रिल ३० मा आत्महत्या गरेका थिए ।


प्रकाशित : माघ १६, २०८० १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?