कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

इतिहासमा आज : ९९ वर्षका लागि हङकङ बेलायतलाई

काठमाडौँ — पहिलो अफिम युद्धमा बेलायतसँग हार खाएको चीनले एंग्लो–चिनियाँ द्वन्द्वको अन्त्य गर्न चुयन्पी सम्झौतामा हस्ताक्षर गरेर हङकङ औपचारिक रूपमा बेलायतलाई सुम्पिएको थियो । सन् १८३९ मा बेलायतले आफ्ना विरोधीलाई सहयोग गर्नेलाई तह लगाउने भन्दै चीनमाथि आक्रमण गरेको थियो । 

इतिहासमा आज : ९९ वर्षका लागि हङकङ बेलायतलाई

बेलायतको युद्ध रणनीति भन्नु नै दक्षिणपूर्वी चीनको तटमा रहेको र कम बसोबास भएको टापु हङकङलाई कब्जा गर्नु थियो । १८४१ मा आजकै दिन (जनवरी २०) चीनले यो टापु ब्रिटिसलाई सुम्पिएको हो । १८४२ मा नानकिङको सन्धिमा हस्ताक्षर गर्दै औपचारिक रूपमा पहिलो अफिम युद्ध समाप्त भएको घोषणा गरिएको थियो ।

बेलायतको नयाँ उपनिवेश हङकङ पूर्व–पश्चिम व्यापारिक केन्द्र, दक्षिणी चीनको व्यापारिक प्रवेशद्वार र वितरण केन्द्रका रूपमा फस्टायो । १८९८ मा चीनले पेकिङ दोस्रो महासन्धिअन्तर्गत बेलायतलाई हङकङमा थप ९९ वर्ष शासन गर्न अनुमति दियो । वर्षौंको वार्तापछि सेप्टेम्बर १९८४ मा चिनियाँहरूले हङकङको पुँजीवादी प्रणालीलाई जोगाउने प्रतिज्ञा गरेसँगै बेलायतले १९९७ मा उक्त टापु चीनलाई फिर्ता गर्न राजी भयो र औपचारिक सम्झौतामा दुवैले हस्ताक्षर गरे ।

१ जुलाई १९९७ मा बेलायतले शान्तिपूर्ण रूपमा हङकङ चीनलाई हस्तान्तरण ग‍र्‍यो । हङकङको नयाँ सरकारअन्तर्गत प्रमुख कार्यकारी तुङ ची ह्वाले ‘एक देश, दुई प्रणाली’ को अवधारणामा आधारित नीति तर्जुमा गरे । यसरी एसियामा प्रमुख पुँजीवादी केन्द्रका रूपमा हङकङ स्थापित भयो ।

प्रकाशित : माघ ६, २०८० ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?