कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

सन् १९४२ मा आजकै दिन : बक्सर मुहम्मद अलीको जन्म

काठमाडौँ — सन् १९४२ मा आजकै दिन (जनवरी १७) मा अमेरिकी बक्सर मुहम्मद अलीको जन्म भएको थियो । अमेरिकाको केन्टकी राज्यमा जन्मिएका अलीको खास नाम क्यासियस मार्सेलस क्ले थियो ।

सन् १९४२ मा आजकै दिन : बक्सर मुहम्मद अलीको जन्म

अली पहिलोपटक १९५४ मा बक्सिङ प्रतियोगितामा सहभागी भएका थिए । त्यसको ६ वर्षपछि पोल्यान्डका प्रतिद्वन्द्वीलाई हराएर उनी पहिलोपटक ओलम्पिक च्याम्पियन बनेका थिए । अमेरिका फर्केपछि उनको भव्य स्वागत गरिएको भए पनि एक रेस्टुरेन्टमा बस्नका लागि टेबल नदिइएपछि उनी जातीय भेदभावविरुद्ध लागेका थिए ।

जातीय भेदभावको समयमा पृथकतावादी समूहमा आबद्ध भएपछि उनलाई विभाजनकारीको आरोप लागेको थियो । उनी मुसलमानका लागि छुट्टै राष्ट्र (नेसन अफ इस्लाम) को माग गर्ने समूहसँग आबद्ध भएका थिए । तर नागरिक हकको खुलेर समर्थन गरेपछि भने उनी विश्वभर लाखौं मानिसका प्रिय बनेका थिए ।

१९६४ मा विश्व हेभिवेट च्याम्पियन बनेका उनले त्यसअघि नै मोहम्मद अली नाम राखेका थिए । ‘क्यासियस क्ले’ दासको नाम भएको भन्दै उक्त नाम प्रयोग गर्ने मानिसप्रति उनले आक्रोश व्यक्त गर्थे । बक्सिङ रिङमा रहँदा उनी प्रतिद्वन्द्वीलाई जिस्क्याउने तथा उनीहरूको वरिपरि नाच्ने गर्थे । त्यसका साथै खेलका दर्शकलाई कविता सुनाएर मनोरञ्जन गराउँने उनको बानी थियो ।

दुई दशक लामो व्यावसायिक जीवनमा अलीले ५६ वटा जितेका थिए भने ५ वटामा पराजित भएका थिए । तीन पटकका विश्व हेभिवेट (ठूलो तौल समूह) च्याम्पियन अलीको २०१६ जुन ३ मा मृत्यु भएका हो ।

प्रकाशित : माघ ३, २०८० ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?