आजकै दिन : मदर टेरेसा भारतमा

पुस २१, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९२९ मा आजकै दिन (जनवरी ६) मा मदर टेरेसा भारत आइपुगेकी थिइन् । टेरेसालाई भारतका गरिबहरूलाई गरेको अतीव सेवाका कारण संसारभर सम्मान गर्ने गरिन्छ ।

१९१० अगस्ट २० मा मेसेडोनियामा जन्मिएकी टेरेसा १९ वर्षको उमेरदेखि नै समाज सेवामा होमिएकी थिइन् । भारत कोलकता आएपछि दार्जिलिङ पुगेकी उनले त्यहाँको एक स्कुलमा पढाएकी थिइन् । १९४६ मा उनी पुनः कोलकाता फर्केर दुःखी, गरिबको सेवा गर्न थालेकी थिइन् । 

टेरेसालाई सन् १९७९ अक्टोबर १७ नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । मानव सेवाका क्षेत्रमा गरेको अभूतपूर्व समर्पणका लागि उनलाई पुरस्कार प्रदान गरिएको हो । टेरेसाले महिला सेविकाहरूको ठूलो जमात बनाएकी थिइन् । उनले १९५० मा स्थापना गरेको संस्था ‘मिसनरिज अफ च्यारिटी’ ले विभिन्न सेवागृह चलाएको थियो ।

आजकै दिन

कान्तिपुर

Link copied successfully