सन् १७९९ मा आजकै दिन : अमेरिकाका प्रथम राष्ट्रपतिको निधन

मंसिर २८, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १७९९ को आजकै दिन (डिसेम्बर १४) मा अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टनको निधन भएको थियो । १७३२ को फेब्रुअरी २२ मा जन्मिएका वासिङ्टनको ६७ वर्षको उमेरमा निधन भएको हो । 

वासिङ्टन १७८९ देखि १७९७ सम्म अमेरिकाको राष्ट्रपति थिए । दोस्रो कन्टिनेन्टल कंग्रेसबाट उनी १७७५ जुनमा कन्टिनेन्टल आर्मीको कमान्डर नियुक्त भएका थिए । वासिङ्टन नेतृत्वको सेना अमेरिकन रेभोलुसनरी वारमा विजयी भएको थियो । त्यसपछि उनी १७८७ मा अमेरिकी संविधानको मस्यौदा तयार पार्ने संवैधानिक सभाको अध्यक्ष भएका थिए ।

उनी १७८३ सम्म सेनाप्रमुख थिए । अमेरिकालाई ब्रिटिस उपनिवेशवादबाट मुक्त गर्न नेतृत्वदायी भूमिका निर्बाह गरेका कारण वासिङ्टनलाई अमेरिकाका राष्ट्रनिर्माता मानिन्छ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully