सन् १९९० मा आजकै दिन : चन्द्रशेखर भारतीय प्रधानमन्त्री

काठमाडौँ — सन् १९९० मा आजकै दिन (नोभेम्बर १०) मा चन्द्रशेखर भारतको प्रधानमन्त्री बनेका थिए । उनले १९९० को नोभेम्बर १० देखि १९९१ को जुन २१ सम्म पदभार सम्हालेका थिए । जनता दलको विभाजित समूहका तर्फबाट उनी भारतीय राष्ट्रिय कंग्रेसको समर्थनमा अल्पमतको सरकारका प्रधानमन्त्री बनेका थिए । उनी भारतको आठौं प्रधानमन्त्री हुन् ।

१९२७ को अप्रिल १७ मा जन्मिएका शेखर १९६४ मा भारतीय राष्ट्रिय कंग्रेस प्रवेश गरेका थिए । त्यसअघि उनी सोसलिस्ट पार्टीमा आबद्ध थिए । १९६२ देखि १९६७ सम्म भारतको माथिल्लो सदन राज्यसभाका सदस्य रहेका उनी १९७५ मा कंग्रेस पार्टीबाट अलग भएका थिए । त्यसलगत्तै उनी राष्ट्रिय संकटकालका समय जेल परेका थिए । उनी १९७७ मा जनता दलका अध्यक्ष बनेका थिए ।
जनता दलका तर्फबाट मोरारजी देशाईले १९७७ देखि १९७९ सम्म गठबन्धन सरकारको नेतृत्व गरेका थिए । शेखर १९७७ देखि १९७९ र १९८० देखि १९८४ र १९८९ सम्म प्रधानमन्त्री रहँदासम्म तल्लो सदन लोकसभाका सदस्य थिए । उनको २००७ को जुलाई ८ मा भारतीय राजधानी नयाँदिल्लीमा निधन भएको हो ।
